|

लमजुङ : पर्यटकीय मेमे पोखरी घुम्न गएका एकजनाको मृत्यु भएको छ। एक महिला सम्पर्कविहीन भएकी छिन्। 

लेक लागेर सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए।

मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र उनकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन भएको उनले जानकारी दिए। 

बाँकी तीनजना भेडीगोठमा बसिरहेका र मौसममा आएको  खराबीका उनीहरूको  उद्धार हुन नसकेको श्रीमलले बताए। शर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि पुग्न सकेको छैन। शर्मिलाको माइती बेँसीसहर नगरपालिका–१० साँघुमा पर्छ।

प्रहरीका अनुसार शर्मिलाका बुबा, भाइ र काकाको भाइ करिब चार हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेका थिए। बास बस्नका लागि सल्लाहबमोजिम तीनजना अघि अघि हिँडेका र बुद्ध र शर्मिला पछि पछि गएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.