|

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको छ। विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले देशभरका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो।

 यस बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ। हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो।

 त्यस्तै, बैंकको आबुखैरेनी शाखाद्वारा आबुखैरेनी – ६ मा अवस्थित श्री आबुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरिएको छ। विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठन वातावरणमा सहजताका लागि १५ थान पङ्खा हस्तान्तरण गरेको बैंकले जनाएको छ।

 त्यसैगरी बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरिएको छ। मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने जेष्ठ नागरिकहरुलाई आराम गर्न सहयोग होस् भन्ने हेतुले बैंकले उक्त कुर्सीहरु मिलन टोल विकास संस्थालाई प्रदान गरेको हो।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको मैतीदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिरमा सिसी क्यामेरा जडान गरिएको बैंकले मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सि. सि. क्यामेरा जडान गरेको हो।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.