|

रूपन्देही : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन्।

उपाध्यक्ष पौडेलले गृहजिल्ला रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दाबी गरे। 

उनले मतदाताहरूमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताए। उनले निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने बताए।

उनले भने, ‘मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुन्छ मतदाताहरूमा पनि उत्साह छ। यो निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजानेछ।’

उपाध्यक्ष पौडेलले यो निर्वाचनमा नेकपा एमाले विजय हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.