पुरिएका शव निकाल्न हेलिकप्टर पठाउने तयारी

|

सोलुखुम्बु : सगरमाथामा हिमपहिरोमा परी तीनजनाको मुत्यु भएको छ।  आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर मुत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए।

मुत्यु हुने तीनैजना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पाहरू रहेका उनले बताए।

पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा  तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा छन्। उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए। बिहान एक्कासि आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ।

शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ। शव निकाल्न एसपिसिसीको टोली घटनास्थलमा गए पनि शवहरू खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ।

वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो। एसपिसिसीको टोलीले सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.