|

दैलेख : जिल्लाको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले असम्बन्धित स्थानको भ्रमण गरी ४ लाखभन्दा  बढी रुपैयाँ अनियमितता गरेका छन् ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कामकाज बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरी ४ लाख २२ हजार ४२० रुपैयाँ अनियमितता गरेका हुन् ।

भ्रमण खर्च नियमावली, २०६४ अनुसार सरकारी कामको सिलसिलामा कार्यालयभन्दा बाहिर भ्रमण वा काजमा खटिएका पदाधिकारी तथा कर्मचारीले भ्रमण खर्च पाउने उल्लेख गरिए पनि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सम्बन्धित स्थानको भ्रमण गरी सरकारी सम्पत्ति अनियमितता गरेका हुन् ।

महालेखा परीक्षणको पाँचौँ वार्षिक प्रतिवेदन २०७९ अनुसार प्रयोजन बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरेको ४ लाख २२ हजार ४२० रुपैयाँमा अनियमितता देखिएको छ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले आफूले महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अध्ययन नगरेकाले थप कुरा पछि गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.