|

काठमाडौं : सप्तरीमा घरायसी विवादपछि विष सेवन गरेकी एक महिलाको मृत्यु भएको छ। 

सप्तरी राजगढगाँउपालिका वडा नं.१० बर्दाहीकी २२ वर्षीया संगीता यादवले सासुसँग घरायसी विषयमा विवाद भएपछि गत मंगलबार  विषादी सेवन गरेकी थिइन् । विष सेवन गरेको थाहा पाएपछि यादवलाईआफन्तले अस्पताल लगेका थिए। 

गजेन्द्र नारायण सिंह अस्पतालराजबिराजमा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा शुक्रबार राति ८ः३० बजे उनको मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.