काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जलि अर्पण गरेका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उनीहरुले स्वर्गीय दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका हुन्। दाहालको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पनि पेरिसडाँडा पुगी श्रद्धाञ्जली अर्पण गरेकी छन्। साथै नेकपा एमालेका उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेल, सचिव योगेश भट्टराईले पनि श्रद्धाञ्जली अर्पण गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले श्रद्धाञ्जली अर्पण गुर्नभएको छ भने नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि पेरिसडाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गरे।
त्यसैगरी, नेकपा मालेका महासचिव सिपी मैनाली, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सोही पार्टीका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा तथा नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष अध्यक्ष मोहन वैद्यले पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।
हाल विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु श्रद्धाञ्जलि अर्पणका लागि पेरिसडाँडा पुग्ने क्रम जारी छ। स्वर्गीय दाहाल माओवादी केन्द्रका सल्लाहकारसमेत थिइन्। उनी लामो समयदेखि अस्वस्थ थिइन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।