|

सोलुखुम्बु : सोलुखुम्बुमा बिषालु च्याउ खाँदा ७ जना बिरामी भएका छन्। सोलु दुधकुण्ड नगरपालिका–११ बेलिडाँडाका ३ परिवारका ७ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहले जानकारी दिए।

हिजो दिउँसो जंगलबाट ल्याएको च्याउ खाँदा ४६ वर्षीय रामबहादुर मगर, ४५ वर्षीया कुमारी मगर, २२ वर्षीया सुनिता मगर बिरामी भएका हुन्।

यस्तै ३२ वर्षीय डोलबहादुर खड्का, ५८ वर्षीया डिकुरी माया मगर, ४६ वर्षीय इन्द्रबहादुर मगर र ४० वर्षीय काले मगर बिरामी भएका छन्। ६ जना उपचारपश्चात् घर फर्किएका छन भने एकजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.