|

चितवन : डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुषको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो। 

जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगु संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए। ५३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो।

सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए। चितवनका ३० जनामा डेंगुको संक्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेंगुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.