|

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर बाबुको सम्मान र सम्झना गरी मनाइँदैछ। 

दिवंगत बाबुलाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित बाबुप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ। 

मृत बाबुको नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ।सनातन धर्ममा अमावश्या (औंसी) तिथिलाई पितृको उपासना गर्ने दिनका रूपमा लिइन्छ। महिनामा एकपटक पर्ने औंसीका दिन पितृको उद्देश्य गरी श्राद्ध तर्पण गर्ने विधान छ।

अनुकूलताका हिसाबले सबै औंसीमा श्राद्ध गर्न नसके पनि कुनै एक औंसीलाई विशेष महत्त्व दिई श्राद्ध गरिन्छ।  सनातन समाजमा वैशाख कृष्ण औंसी, भाद्र शुक्ल औंसी र पौषकृष्ण औंसीका दिन तीर्थस्थलहरूमा गएर श्राद्ध गर्ने चलन छ। 

वैशाख औंसीमा काठमाडौंको मातातीर्थ, भाद्र औंसीमा काठमाडौंको गोकर्ण र पौष औशीका दिन नुवाकोटको वेत्रावतीमा श्राद्ध गर्नेहरूको घुइँचो हुन्छ। यीबाहेक दोभान, त्रिवेणीलगायतका पवित्रस्थानमा श्राद्ध गर्ने चलन छ।

फोटोमा आफ्ना दिवंगत पिताको नाममा पितृ तर्पण ‍

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.