|

काठमाडौं : हरितालिक तीज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

तीजमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा  लामको व्यवस्था गरिएको छ  पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो। 

बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ। बिहान भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन्। पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ।

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.