|

सोलुखुम्बु  : जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ। अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमबार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालका  प्रमुख डा. प्रशान्त शाहले बताए। 

सोमबार दिउँसो​ मोटरसाइकल दुर्घटनामा परी  उपचारका लागि आएका सोलु दुधकुण्ड नगरपालिका ५ का ३६ वर्षीय पेम्बा शेर्पाले अपशब्द प्रयोग गर्दै  चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको शाहले जानकारी दिए। अस्पताल समेत तोडफोडको प्रयास गरेको उनको भनाइ छ। अस्पतालले सामान्य उपचारपश्चात् उनलाई प्रहरीको जिम्मा लगाएको छ।   

अस्पतालले विज्ञप्ति जारी गरी आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्दको घोषणा गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ पहिलो संशोधन ऐन २०७९ बमोजिम दोषीलाई कारबाहीको माग गरेको छ।दोषी कानुनी दायरामा नआएसम्म अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने विज्ञप्तिमा उल्लेख छ। 

 जिल्ला प्रहरी कार्यालयले आरोपितलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बताएको छ। प्रहरी निरीक्षक अनिल मिश्रले शेर्पाले मादक पदार्थ खाएर मोटरसाइकल चलाएको र दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.