|

चन्द्रौटा : चाडपर्व नजिकिएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा शिवराज नगरपालिका र इलाका प्रशासन कार्यालयको संयुक्त टोलीले बजार अनुगमन गरेको छ।

दुई दर्जनभन्दा बढी पसलमा अनुगमन गर्दा सबै पसलमा मूल्य सूची नराखेको पाइएको छ। टोलीले किराना पसल तथा औषधि पसलमा रहेका म्याद सकिएका सामग्री जफत गरेको छ। मिठाई पसल र होटेलमा सरसफाइ नभएकाले सरसफाइ गर्न निर्देशन दिइएको छ। सडकमा रहेको ठेला पनि हटाइएको छ।

बजारमा रहेका किराना पसल, मिठाई पसल, होटेल, दूध डेरी, औषधि पसलमा अनुगमन गरेको नगरप्रमुख अजय थापाले बताए। नियमित अनुगमन नहुँदा व्यापारीले आफूखुसी सामान बेच्ने गरेको र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर परेको गुनासो भइरहँदा बजार अनुगमन गरिएको मेयर थापाले बताए।

अनुगमन टोलीले मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल सामग्रीको अवस्था, म्याद नाघेका सामग्री, स्थायी लेखा नम्बर, भ्याट नम्बर लगायतबारे जानकारी लिएको थियो । अधिकांश होटलमा सरसफाइ तथा व्यवस्थित नभएको पाइएको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारूले बताइन्।

अनुगमन टोलीमा मेयर थापा,उपमेयर थारूलगायत सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.