काठमाडौं : हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं आज शुरु भएको छ।
बडादशैं अन्तरगत आज नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदैछ। घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटको रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।