|

गुल्मी : गुल्मीमा कच्ची सडक सफा गर्ने क्रममा डोजरले ठक्कर दिँदा ९२ वर्षीय वृद्धको मृत्यु भएको छ।

जिल्लाको रेसुंगा नगरपालिका–१४ मा तम्घासबाट पराल्मी जाने कच्ची सडक मर्मत गरिरहेको लु १ क ५०२४ नम्बरको डोजरले बुधबार साँझ ठक्कर दिँदा स्थानीय ९२ वर्षीय कृष्णबहादुर सुनारको घटनास्थलमै  मृत्यु हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार स्थलगत मुचुल्का तयार गरी मृतकको शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ।

बिहीबार शबको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने र डोजर चालक प्रहरीको नियन्त्रणमा रहेको पाण्डेले बताए।  घटनाबारे थप अनसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.