|

जाजरकोट : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पमा परी घाइते भएकी शीतली कामीलाई जिल्ला अस्पतालमा गएर भेटेका छन्।

जाजरकोट भेरी नगरपालिका–१ की शीतलीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै उनको गुनासो समेत सुनेका छन्। शीतलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध हुने राष्ट्रपति पौडेलले बताए। भत्किएका संरचनाको निर्माण हुने र अहिले बाँच्ने कुरा, अस्थायी बसोवासको कुरालाई ध्यान दिनुपर्ने उनले बताए।

त्यसैगरी राष्ट्रपतिले भेरी नगरपालिका–३ थाप्लेमा भूकम्पबाट भत्किएको संरचनाको अनुगमन गरेका छन्। आफू पहिले उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै उनले तत्काल पुनःनिर्माणलाई तीव्रता दिइने समेत बताए।

स्थलगत ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घर निरीक्षण गरे। त्यसैगरी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घर पनि निरीक्षण गरे।

उपप्रधानमन्त्री पूर्णबहादुर खडका, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत समेत भूकम्प पीडितलाई उद्धार र उपचारमा लागिरहेकाले अब समस्या नहुने उनले बताए। सरकारले सबै कुराको समस्या हल गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.