|

गुल्मी : गुल्मीमा देउसी भैलोबाट उठेको रकम मिर्गौला पीडितलाई सहयोग गरिएको छ।

हाम्रो रेसुंगा सेवा समाज गुल्मीले देउसी भैलोबाट उठेको रकम रेसुंगा नगरपालिका वडा नम्वर ८ र ९ का मिर्गौला पीडित ५८ वर्षीय पुतलादेवी थापा र ५३ वर्षीय नारायण सुनारलाई २०।२० हजारका दरले सहयोग गरेको समाजकी अध्यक्ष सरिस्मा नेपालीले जानकारी दिइन्।

देउसी भैलोबाट उठेको रकम मिर्गौला पीडितलाई सहयोग गरेर पीडितहरूको साथमा आफूहरू पनि रहेको सन्देश दिन सहयोग गरिएको नेपालीले बताइन्। आगामी दिनहरूमा पनि समाजले पीडितहरूको घाउमा मलम लगाउने र परोपकारी कार्यमा सहयोग गर्दै जाने योजना रहेको उनको भनाइ छ।

सहयोग रकम हस्तान्तरण गर्दै वडा नम्वर ८ का निरञ्जन थापाले सेवा समाजले गरेको कार्यबाट अन्य संघ संस्थाहरूले पनि पाठ सिक्नुपर्ने बताए। सानो सहयोगले पनि पीडितहरूलाई ठूलो राहत मिल्ने भन्दै परोपकारी कार्यहरूमा सबै जुटनुपर्नेमा उनले जोड दिए। देउसी भैलोबाट उठेको रकम खानपान गरेर खर्चने प्रचलन रहदै आएकोमा सेवा समाजले उदाहरणीय कार्य गरेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बताए।

सेवा समाजले गरेको सहयोगले आफूहरूको उपचारमा ठुलो सहयोग पुग्ने पीडितले बताएका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा सेवा समाजका पदाधिकारी ,जनप्रतिनिधि र मिडियाकर्मीहरूको उपस्थिति रहेको थियो।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.