|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल बुधबार बाग्लुङ जाँदै छन्। गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

बिहान १० बजे बाग्लुङ पुग्ने राष्ट्रपति पौडेलले शुरुमा प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका– ४ कुँडुलेला रहेको शालिग्राम सङ्ग्रहालयको दर्शन गर्नेछन्। 

त्यसपछि दिउँसो १ बजे धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा  महोत्सव उद्घाटन गर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

पुस २१ गतेसम्म चल्ने महोत्सवमा १२० भन्दा बढी स्टल रहने बताइएको छ। महोत्सव करिब सात लाख दर्शकले अवलोकन गर्ने संघको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.