|

गुल्मी : बिहेको भोजमा खर्च गर्ने रकमलाई कटौती गर्दै  सञ्चारकर्मी मोहन बस्नेतले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाएका छन्।  शिविरबाट चार सय जनाले सेवा लिएका छन्।
आफनो जन्मस्थान रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा आयोजना गरिएको शिविरबाट ४९ जनाको भिडियो एक्सरे,२० जनाको इसिजी,१०८ जनाको सुगर परीक्षण, ४३ जनाको युरिक एसिड, २२ जनाको पिसाव परीक्षण ,६५ जनाको रगत परीक्षण र  ९३ जनाले स्वास्थ्य परामर्श लिएको महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नविन तिरुवाले जानकारी दिए। 

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नविन तिरुवा, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर सम्भु खनाल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मीद्धारा स्वास्थ्य परीक्षण गरिएको थियो।

बिहेमा फजुल खर्च गर्नुभन्दा कल्याकारी क्षेत्रमा कार्य गर्दा राम्रो हुने भएकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बस्नेत दम्पतीले बताएका छन्।
गाउँमै यसरी  निःशुल्क रुपमा विशेषज्ञ सेवा लिन पाउँदा खुसी लागेकोे स्थानीय पम्फी विले बताइन्।  शिविरको प्राविधिक सहयोग शुभलक्ष्मी फर्मा तम्घास र हाम्रो पोलिक्लिनिक रुपन्देहीले गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.