|

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण गरिएको छ।

विभिन्न संघसंस्था, राजनीतिक दल तथा पीडित परिवार आफैँले गरि हालसम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ।

सम्बन्धित घरपरिवार आफैँले ६६६, नेकपा माओवादी केन्द्रले २६२ र नेकपा एमालेले १७, नेपाली सेनाले ४ र एकीकृत समाजवादीले ३ वटा अस्थायी आवास निर्माण गरेको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए। 

हालसम्म अस्थायी आवास निर्माणका लागि ५२० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताए। 

पहिलो किस्ता वापत पहिलो चरणमा १ करोड ३० लाख रुपैयाँ निकासा भएको र बाँकी निकासाका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा माग गरिएको उनको भनाई छ। 

प्रतिपीडित पहिलो किस्ता वापत २५ हजारका दरले रकम पीडितको खातामा निकासा भएको उनले बताए।  

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पले दार्मामा १ हजार १७९ घरमा क्षति पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.