|

काठमाडौं : ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले शान्तिवाटिकामा प्रदर्शन गरेको छ। 

बिगेसोले गोर्खा सैनिकहरू एकजुट हौंऔ भन्ने नारासहित सर्वोच्च अदालतको निर्देशनात्मक आदेश  कार्यान्वयन गर्नुपर्ने, गोर्खाहरूको समस्याहरूको समाधानको लागि सरोकारवालाहरू सँग आवश्यक पहलकदम चाल्नुपर्ने उनीहरूको माग छ। संगठनका केन्द्रीय अध्यक्ष पदम सन्दर लिम्बुको नेतृत्वमा प्रदर्शन गरेको हो। 

बिगेसोका सदस्य मित्रजीत राईका अनुसार बिगेसो मार्फत सिंगापुर गोर्खाज र नेपालीहरुमाथि भएको विभेद, शोषण लगायतविरुद्ध मुद्धा उठाइएको छ।

‘सर्वाेच्च अदालतको निर्देशानात्मक आदेश भएको एक वर्ष भइसक्यो,तर कार्यान्वयन गर्नमा सरकार मौन बस्यो,७५ वर्ष भइसकेको छ तर सन्धीसम्झौता भएको छैन, अवैधानिक रुपमा राखिएको छ,खान नपाएकाले होइन,हामी पहिचानबिहिन हुननपरोस भनेर आज सरकारलाई दबाबमूलक कार्यक्रम आयोजना गरेका हौँ,’उनले भने।

उनीहरुले रत्नपार्क,बागबजार,शहिदगेट लगायत ठाउँसम्म विरोध र्याली पनि निकालेको थियो। 

सर्वोच्च अदालतको निर्देशात्मक आदेश प्राप्त भएको दिन माघ २४ गतेलाई सम्पूर्ण गोर्खा सैनिकले आफूविरुद्ध भइरहेको अन्याय, असमानता र विभेदका विरुद्धमा न्याय, समानता र स्वाभिमानका लागि चलाउँदै आएको अभियान एवं आन्दोलनको पक्षमा हासिल हुन आएको महत्त्वपूर्ण उपलब्धि मान्दै आएको छ।

सन १९४७ को नेपाल, भारत र संयुक्त अधिराज्यबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत भर्ती भएका गोर्खा सैनिकमाथि हुँदै आए‌को अन्याय, असमानता र विभेदका विषयमा निरन्तर आवाज उठाइरहेको र गठित रूपमा अभियान, आन्दोलन र संघर्षको शुरुवात भएको तीन दशक भइसकेको बिगेसोले जनाएको छ।

२०७४ साल जेठ २६ गते बिगेसोका सभापति पदमसुन्दर लिम्बू लगायतले नेपाल सरकारलाई विपक्षी बनाएर नेपालको सर्वोच्च अदालतमा सन १९४७ नोभेम्बर ०९ तारिखमा सम्पन्न त्रिपक्षीय सम्झौतालाई राष्ट्रिय स्वाधीनताको विषयसँग जोडिएको विषय भएकाले खारेजीको माग गर्दै रिट निवेदन दर्ता गरेका थिए।

उक्त रिट निवेदन दर्ता गरेको पाँच वर्षपछि २०७९ माघ २४ गते अदालतले विपक्षी नेपाल सरकारका नाममा सार्वजनिक महत्त्वको मुद्दाको रूपमा निर्देशात्मक आदेश जारी गरेको थियो। 

केही तस्बिर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.