|

दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ। आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ।

सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ। इजरायली सेनाले दक्षिणी गाजामा हमासले श्रृङ्खलाबद्ध आक्रमण गरेकोे बताएको छ। आक्रमणबाट भएको क्षतिको विवरण भने दिएको छैन।

सन् २०२३ को अक्टोबर ७ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको  सङ्ख्या २८ हजार एक १७६ पुगेको छ। आक्रमणमा  ६७ हजार ७८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले  विज्ञप्तिमार्फत बताएको छ।

गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन्।

रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधि सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन्। सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.