|

काठमाडौं : सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै भारतका किसानले आज राजधानी नयाँ दिल्लीमा प्रदर्शन गर्ने भएका छन्। 

‘दिल्ली कूच’ नाम दिइएको दिल्ली मार्चमा २० हजारभन्दा किसान २५ सय ट्याक्टरसहित सहभागी हुने भएपछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसअघि किसानले विरोध प्रदर्शनको तयारी गरेपछि हिजो चण्डीगढमा केन्द्रीय मन्त्री पीयूष गोयल र अर्जुन मुण्डा पुगेर किसान संगठनहरुसँग छलफल गरेका थिए। 

घण्टौँसम्म चलेको वार्ता र छलफलमा सरकार आफ्ना माग पूरा गर्न तयार नभएको भन्दै चण्डीगढ, हरियाणा लगायतका किसान प्रदर्शनमा सहभागी हुन लागेका हुन्। किसानको मार्च पास हुने भएपछि दिल्ली प्रहरीले सबै नाकाहरु लगभग बन्द गरेको छ। 

दिल्ली ट्राफिक प्रहरीका अनुसार हरियाण सडक, दिल्ली र उत्तर प्रदेशको बीचमा पर्ने गाजीपुर सीमा, सोनीपत, पानीपत, करनाल, बहादुरगढ, रोहतक लगायतका क्षेत्रमा प्रहरीले सडक पूर्णरुपमा बन्द गराएको छ। 

साथै दिल्लीभित्र निषेधाज्ञा जारी गरिएको छ। किसानहरुले लाखिमपुरमा ३ वर्षअघि मारिएका किसानका परिवारलाई क्षतिपूर्ति, किसान र मजदुरको ऋण माफी, उत्पादन खरिदको ग्यारेन्टीलगायतका माग किसानले राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.