|

सल्यान : जिल्लाका १९ हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धका खोप लगाइने भएको छ। ९ महिनादेखि ५ वर्षसम्मका १९ हजार ४ सय ३४ बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ।

फागुन १० देखि १४ गते सम्म  पहिलो चरण र १८ गते देखि २२ गते दोस्रो चरणमा गरी २ चरणमा खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिइन्।

उनका अनुसार पहिलो चरणमा फागुन १० गते देखि १४ गते सम्म दार्मा गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिका बाहेक ७ पालिकामा खोप सञ्चालन गरिनेछ भने बाँकी ३ पालिकामा १८ गते देखि २२ गते सम्म खोप सञ्चालन गरिने  छ। 

नियमित खोप लगाउन छुटेका बालबालिका पनि नछुटुन् भनेर पहिलो र दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिएको उनले बताइन्। खोप सञ्चालनको लागि जिल्लाका १० पालिकाका विभिन्न स्थानमा ५ सय ५४ वटा खोप केन्द्र तोकिएको छ।

सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै अभियान सफलतापूर्वक सम्पन्न गर्न स्वास्थ्य कार्यलय सल्यानले आवश्यक तयारी थालेको छ।

बालबालिकाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न सबैले सहयोग गर्नुपर्ने स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर अभिषेक सिंहले बताए। दादुरा रुवेला विरुद्ध खोप लगाउँदा अपाङ्गता र मृत्युदरलाई गर्न, विभिन्न रोगहरुको निवारण र उन्मुलन गर्ने निमित्त स्वास्थ्य व्यवस्थापक सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.