|

काठमाडौं : देशभरका लघुवित्त तथा वित्तीयपीडितहरूले काठमाडौंमा जम्मा हुन थालेका छन्। लघुवित्त तथा वित्तिय शोषणविरुद्द आज काठमाडौंमा देशभरबाट करिब ३ हजारपीडितहरू जम्मा भएर प्रदर्शन गरेको केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले जानकारी दिए। उनीहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन्।

करिब छ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरु मुग्लिनबाट काठमाडौं सम्म हिडेर दबाबपुर्ण आन्दोलन गर्दै आएका छन्। सरकारले समिति बनाएर केही काम नगरेकोमा पुन सरकारलाइ झकझकाउन आन्दोलन गर्न आफूहरू आएको बर्दियाका पीडित जीवन सुनारले बताए।

मुग्लिनबाट हिँडेका उनीहरु छ दिनको दिन हिजो साझ थानकोट स्थित त्रिभुवन पार्कमा आएर बसेका थिए। आज उनिहरु थानकोटबाट प्रर्शशन र्‍याली गर्दै कलङ्की हुदै तीनकुने गएर बस्ने र भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्न केन्द्रीय अध्यक्ष ज्ञवालीले जानकारी दिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.