|

गुल्मी : गुल्मीमा नियमविपरीत सञ्चालनमा रहेका दुई एग्रोभेट पसललाई जिल्ला प्रशासन कार्यालय गुल्मीले सिलबन्दी गरेको छ।

आइतवार जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

औषधि व्यवस्था विभागले दुवै एग्रोभेट सेन्टरको अनुगमन गरेको र इजाजत पत्र लिन अनुरोध गरेको तर सञ्चालकले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको टोलीका नेतृत्वकर्ता दिनेश ज्ञवालीले बताए। 

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले एग्रोभेट सेन्टर सिल गरेको हो।

रेसुंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हीराबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी र पत्रकारसमेतको उपस्थितिमा एग्रोभेट सेन्टर सिल गरेको हो। 

एग्रोभेट सेन्टरको थप अनुसन्धानपछि थप निर्णय हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.