|

सल्यान : शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन्। बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चारजना घाइते भएका हुन् । 

स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएको शारदा–१३ का वडाध्यक्ष जंगबहादुर बुढाले जानकारी दिए। जानकी र सुनिलको अवस्था गम्भीर छ भने दुईजनाको अवस्था सामान्य छ । घाइतेलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.