|

उत्तरी इजरायलमा सोमवार लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको एन्टी–ट्याङ्क मिसाइल आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ।

साथै अन्य सात जना घाइते भएको इजरायली स्रोतले बताएको छ। क्षेप्यास्त्रले मार्गालियट समुदायको बगैंचामा प्रहार गरी आठ भारतीय कामदारलाई मारेको थियो। इजरायलको मेगेन डेभिड एडोमको उद्धार सेवाले एक विज्ञप्तिमा दुई जना गम्भीर घाइते भएको र अन्यलाई मध्यमदेखि हल्का चोट लागेको बताएको छ।

उनीहरूलाई वायुसेनाको हेलिकप्टरबाट अस्पताल लगिएको थियो। इजरायली सेनाका प्रवक्ताका अनुसार इजरायली सेनाले मिसाइल आक्रमणको स्रोततर्फ ट्याङ्क र तोपखाना प्रहार गरेर जवाफ दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.