|

काठमाडौँ : सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। आज मंगलवार साँझ ९ बजेपछि फेसबुक विश्वभरी नै लगआउट भएको बताइएको छ।

एक्कासी फेसबुक आफैँ लगआउट भएको थियो। फेसबुक लगआउट भएपछि लगइन गर्न खोज्दा Unable to log in 'An unexpected error occurred. Please try logging in again' भन्ने सन्देश आउने गरेको छ।

फेसबुकमा समस्या भएको विषय ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमा बहस भइरहेको छ। 

यस विषयमा फेसबुकले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यस्तै अर्को सामाजिक सञ्जाल इन्स्टाग्रामले पनि काम गरेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.