|

काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसले सुडानमा रमजानको पवित्र महिनामा शत्रुता अन्त्य गर्न आह्वान गरेका छन्।

उनले रमजानमा शत्रुता अन्त्य गरी अघि बढ्न आग्रह गरेका हुन्। रमजानले शत्रुता अन्त्य गर्ने आफ्नो विश्वास रहेको बताए। अर्को महिना सुडानी सशस्त्र बल र र्‍यापिड सपोर्टर फोर्सबीचको क्रूर लडाइँको प्रकोपको एक वर्ष हुनेछ।

द्वन्द्वले सुडानका जनतामा विनाशकारी क्षति पुर्‍याएको छ। देशको एकतालाई खतरामा पारेको महासचिव गुतेरसले बताए।

उनले अब हतियार बिसाउने समय आएको बताए। सुडानमा मानवीय संकट ठूलो मात्रामा रहेको छ। द्वन्द्वले नागरिक पूर्वाधारलाई ध्वस्त पारेको र आधारभूत सेवा ठप्प भएको बताए।

द्वन्द्वप्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्था सञ्चालनमा नरहेको बताए। लाखौँ बालबालिका विद्यालय बाहिर रहेको, खानेपानी र सरसफाइको व्यवस्था नरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.