|

चिनिया उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन्। यस क्रममा  दुवै नेताले दुई देशका राष्ट्राध्यक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।

चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा चीनले आर्थिक र वित्तीय वार्ता सुदृढ गर्न, अटोमोटिभ, उड्डयन र दूरसञ्चार क्षेत्रमा सहयोग विस्तार गर्न तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अघि बढाउन इच्छुक रहेको बताएको छ। 

त्यसैगरी फ्रान्सेली मन्त्री माइरेसले फ्रान्स–चीन आर्थिक र व्यापारिक सहयोगमा नयाँ गति बढाउन फ्रान्स चीनसँग सञ्चारलाई बलियो बनाउन इच्छुक रहेको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.