|

काठमाडौं : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा ३ करोड २८ लाखमा मोटेरबल पुल निर्माण सम्पन्न भएको छ।

आइतबार एक कार्यक्रमबीच  १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो। पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य मानवीर राईले गरे। कार्यक्रममा पूर्वविदेशमन्त्री बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति थियो। मोटरेबल पुलको उद्घाटनसँगै तरकारी मासुजन्य खाद्य सामग्री, पर्यटन र आर्थिक उन्नति हुने विश्वास दुवै गाउँपालिकाको छ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आगामी दिनमा गाउँपालिकाको विकासमा आफू पछि नहट्ने बताए।

त्यस्तै, माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले नगरपालिकाको आर्थिक विकासदेखि अन्य विकास निर्माणका कामहरु अघि बढाउँदै लैजाने प्रतिबद्धता जनाए।

कार्यक्रमकमा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले २५ लाखभन्दा मुनिका बजेट स्थानीय तहलाई दिनुपर्ने बताए। खानेपानीको समस्या करिब समाधान भइसकेको भन्दै उनले सडकको समस्या पनि समाधान गर्नेतर्फ आफू अग्रसर रहेको बताए।

त्यस्तै प्रतिनिधि सभा सदस्य मानवीर राईले संघीय बजेट सो क्षेत्रमा लगाउन पहल गर्ने प्रतिबद्धता जनाए। मोटरेबल पुलले छलाङ मार्ने र पर्यटनमा थप टेवा पुगेको भन्दै उनले गाउँपालिकाको आर्थिक उन्नतिका लागि थप प्रयास गर्ने बताए।

उनले पुलले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत मद्दत गर्ने र स्थानीयहरुलाई पनि आवतजावतमा धेरै सहज हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.