|

मान्म : कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ। आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँमै नुन डिपोको स्थापना गरिएको हो।

महावैका नागरिकका लागि नुन डिपो स्थापना गरी पालिकाको विर्तामोडबाट वितरण गरिने महावैका अध्यक्ष खेमबहादुर सिंहले बताए। 

“एक प्याकेट नुन लिन सदरमुकाम मान्म धाउनु परिरहेको छ। यसका लागि स्थानीयले १ हजारदेखि २ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ”, उनले भने। अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सिंहको भनाइ छ। 

उनले भने, “आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउन डिपो स्थापना गरिएको हो।”

हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी नुन बिक्रीवितरण भइरहेको छ। 

नुन किन्न आएका स्थानीय राजबहादुर सिंहले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकोमा प्रसन्नता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.