|

काठमाडौं : आज काठमाडौंमा बिआइए फाउन्डेसनले अपांगता भएका व्‍यक्तिहरुको सहभागीतामा ह्वीलचेयर रेस सम्पन्न गरेको छ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, शहीदगेट, न्युरोड गेट, रानीपोखरी, जमल्, दरवार मार्ग , हुँदै भृकुटिमण्डपमा आएर समापन भएको थियो।

बिआइए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष  र महिला  गरी दुई प्रतिष्पर्धा  गरिएको  थियो। जसमा करिब २०० जना सहभागी भएको आयोजकले जनाएको छ।

दुवै प्रतिष्पर्धा विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे। उपविजेताले १५ र तेस्रो स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ हात पारे।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.