|

धनुषा : मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यभार ग्रहण गरेकी  छन्। सोमबार प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गरे।

नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले माता जानकीको जन्मभूमिमा आएर केही सेवा गर्न पाउनु आफ्नो ठूलो शौभाग्य भएको बताइन्।  मधेश प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने समेत नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले बताइन्।

नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले संविधान, कानून तथा विधिअनुसार प्रदेश प्रमुखले गर्नुपर्ने जिम्मेवारी आफूले निष्पक्ष तथा तटस्थ रुपमा पूरा गर्ने बताइन्।

नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीलाई प्रदेशसभाका सदस्यहरु, कार्यालयका कर्मचारीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, समाज सेवीहरूले स्वागत गरेका थिए।

मधेशका प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गर्नुअघि जानकी मन्दिरमा पनि पूजा पाठ  गरेकी थिइन्। यसअघि प्रदेश प्रमुख सुवेदीलाई कार्यालय परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.