|

काठमाडौँ : साविकको विजेता हेल्प नेपाल स्पोर्टस् क्लब बुधबार आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधवार बूढानीलकण्ठ भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै हेल्प नेपाल सेमिफाइनलमा पुगेको हो। हेल्प नेपालले बूढानीलकण्ठलाई २५–१८, २५–१७ र २५–२३ ले हरायो। बुधवार नै च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।

अब सेमिफाइनलमा न्यु डायमण्ड स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लब तथा नेपाल पुलिस  र एपिएफ क्लब भिड्नेछन्। समूह चरणको अन्तिम खेलमा बुधवार न्यु डायमण्डले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो।

न्यु डायमण्डले मधेशमाथि २५–१०,२५–६, २५–८ को जित निकाल्यो। यो जितसँगै समूह ‘बी’को न्यु डायमण्डले दुई खेलमा ६ अंक जोड्यो। दुवै खेलमा पराजित मधेश भने प्रतियोगिताबाट बाहिरिन पुग्यो। एपिएफ भने समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो। एपिएफले न्यु डायमन्डसँग मंगलवार हार व्यहोरेको थियो। न्यु डायमण्डले एपिएफलाई २५–१७, १७–२५ २५–१५,२५–२३ ले पराजित गरेको थियो।

एपिएफले मधेशलाई भने २५–८, २५–७ र २५–२ ले पराजित गरेपछि सेमिफाइनलमा पुग्न सफल भयो।

बुधवार नै विभागीय डर्बीमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–८, २५–७, २५–२ ले हराउँदै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.