|

काठमाडौँ : कूटनीतिक सम्बन्धसँगै पर्यटनको सम्भावना प्रवर्द्धन गर्न चितवनमा इन्डो नेपाल टी–२० च्याम्पियनसिप हुने भएको छ।

आगामी चैत २१ देखि चैत ३० गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालका ४ क्षेत्रीय टोली र भारतका २ टोलीबीच प्रतिस्पर्धा हुने क्रिकेट संघ चितवनले जनाएको छ। 

च्याम्पियनसिपमा भरतपुर मेयर ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशले सहभागिता जनाउने छन्। 

भारतका जो तालतला इन्स्टिच्युट कोलकाता र पीएसआर ग्रुप लखनऊले पनि प्रतियोगितामा सहभागिता जनाउने भएका हुन्। 

खेलकूद कूटनीतिको माध्यमबाट भारत र नेपालबीचको बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यो च्याम्पियनसिप कोशेढुङ्गा सावित हुने आयोजकको दावी छ। 

क्रिकेट संघ चितवनले यस कार्यक्रमलाई स्वीकृत गरेकोमा नेपाल क्रिकेट संघप्रति आभार व्यक्त गरेको छ। आयोजकले आजै (बुधवार) नेपाल टी–२० च्याम्पियनसिप ट्रफीको अनावरणसमेत गरेको छ। 

च्याम्पियनसिपका सबै खेल गौतम बुद्ध अन्तरराष्ट्रिय रंगशालामा हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.