|

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसामा सरफ उत्पादन हुने भएको छ। कपडा धुन प्रयोग हुने सरफको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित आयोजित १५ दिने बेकरी र सरफ बनाउने तालिम बिहीबारबाट  देउसामा सुरु भएको छ। 

वडा कार्यालयको आयोजनामा सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष असिम राईले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे।

वडा अध्यक्ष भोजराज कार्कीको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले सीपले मानिसलाई परिपक्व र आत्मनिर्भर बनाउने बताए।

औपचारिक शिक्षा जतिसुकै भए पनि व्यावहारिक ज्ञान नभएको मान्छेलाई जीवन जिउन कठिनाइ हुने स्मरण गराउँदै अध्यक्ष राईले सीप सिकेर उद्यमी बन्न आग्रह गरे। नागरिकलाई उद्यममा जोड्दै आत्मानिर्भर बनाउनको लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको उनले बताए। 

यस्तै, कार्यक्रममा वडा अध्यक्ष भोजराज कार्कीले सीप सिकेको व्यक्तिलाई अनिवार्य उद्यमसँग जोड्ने गरी वडाले सहजीकरण गरिरहेको भन्दै वडाबासीलाई लघुउद्यमसँग जोड्ने र आत्मानिर्भर बनाउने नीति रहेको बताए।

यसअघि वडामा ढाका बुनाइ र जुस जाम उद्योग सञ्चालन गरि व्यवसायिक रुपमा उद्पादन भइरहेको भन्दै वडा अध्यक्ष कार्कीले बेकरी र सरफलाई पनि सोहीअनुसार अघि बढाउने योजना रहेको बताए। 

थुलुङ दुधकोशी ७ देउसाको आयोजना एवम् व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ‌ओखलढुंगाको आर्थीक सहयोग तथा गौरीभक्त होटल म्यानेजमेण्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रा.लि. विराटनगरको प्राविधिक सहयोगमा तालिम सञ्चालन हुनेछ। बेकरी तालिममा २५ र सरफमा २२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.