|

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिलो जित हात पारेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो। 

 १६ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य हात पारेको हो। 

नेपालका लागि कुशल भुर्तेलले ३७ रदिपेन्द्रसिंह ऐरीले २० रन नटआउट, सन्दीप जोराले ३६,  आशिफ शेख १६, गुलशन झा ४ र कप्तान रोहित पौडेल शून्यमा आउट भए।  

आयरल्याण्ड ए का लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ तथा लियाम म्याककार्थी र टमस मेयसले १६/१६ रन बनाए। फिओन ह्यान्डले ११ रनको योगदान गरे।

केड कार्माइकल ८ तथा  कप्तान नेल रक व्यक्तिगत ५ रनमा पेवेलियन फर्किएका थिए।  बलिङतर्फ गुल्सन झा, ललित नारायण राजवंशी र कुशल भुर्तेलले २/२ विकेट लिए। 

नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड उल्भ्ससँग भोलि दोस्रो खेल खेल्ने तालिका छ।  त्यसपछि नेपालको ए टोलीले टी–२० र एक दिवसीय सिरिज खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.