|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा दिएका छन्। उनले बुधबारबाटै लागू हुने गरी रास्वपा छाडेको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीबाट आजदेखि औपचारिक रुपमा अलगिएको बेहोरा यहाँहरु सबै माझ जानकारी गराउन चाहन्छु र आउँदा दिनमा 'एन्टी करप्सन नेटवर्क'सँग आबद्ध हुनेछु।​यहाँहरुको साथ र समर्थन सँधै झैँ रहने छ भन्ने आशा गर्दछु।'

उनले अंग्रेजीमा लेखेर राजीनामा बुझाएका हुन्। खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको विषयमा रास्वपाका सभापति लामिछानेको आलोचना गरेका थिए। त्यसपछि उनलाई रास्वपाले स्पष्टीकरण सोधेको थियो।

गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उनी उम्मेदवार थिए। यसअघि उनी सुशासन पार्टीका अध्यक्ष थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.