काठमाडौं ः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजदेखि संवाद यात्रा पुनः शुरु गर्ने भएका छन्।
यसअघि माघ १३ गते मेची पुलबाट शुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो। महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने जानकारी दिएका छन्।
उनी चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन्।
महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन्। उनले आफूले बोल्ने भन्दा पनि सुन्ने र ती समस्यालाई सम्बोधन गर्न पहल गर्ने बताउँदै आएका छन्।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री थापाले पाँच जिल्लाको मार्गमा जोडिएका वडाहरुको वस्तुस्थिति र बाटोको अवस्था बुझेर आउने भनेर गएको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।