|

झापा : कमल गाउँपालिकामा गएराति हात्तीको आक्रमणमा परी महिलाको मृत्यु भएको छ। वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल-५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो।

छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा उनीमाथि आक्रमण भएको थियो। घटनास्थलमा नै उनको मृत्यु भएको वडाध्यक्ष विष्टले जानकारी दिए।

लिम्बू परिवार केही वर्षदेखि रतुवा माई वृक्षरोपण आयोजनाको जंगल हातामा कटेरो बनाई बस्दै आएको थियो। जिल्लाको शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी-११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो। उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते छन्।

हात्तीको आक्रमणबाट यो वर्ष झापामा सातजनाको मृत्यु भइसकेको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.