|
फाइल तस्वीर

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष आज साँझ आफ्नो पदबाट राजीनामा दिएका छन्। 

प्रदेश प्रमुखको निवास पुगेर उनले राजीनामापत्र बुझाए। यसअघि आजै आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो। 

आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले राजीनामा दिएका हुन्। मुख्यमन्त्री शाहले राजीनामा दिनुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो। 

विसं २०७९ माघ २७ गते कांग्रेस संसदीय दलका नेता शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)को समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

केन्द्रमा हालै फेरिएको सत्ता समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन्। नागरिक उन्मुक्ति पार्टीको समर्थन यथावत् रहे पनि सो पार्टीमा शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मतभेद देखिएको थियो।

मुख्यमन्त्री शाहले राजीनामापछि प्रदेश प्रमुखको निवासमा पत्रकारसँग सक्षिप्त कुरा गर्दै वर्तमान राजनीतिक परिस्थितिका कारण पदबाट राजीनामा दिएको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.