|

काठमाडौँ : राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा मुद्दा दायर गरेपछि अमेरिकी लगानीमा सञ्चालित कम्पनीहरू शक्ति केन्द्र धाउन थालेका छन्।

अमेरिकी लगानीबाट नेपालमा सञ्चालित ५० वटा कम्पनीहरूको एसोसिएसन अमेरिकी चेम्बर अफ कमर्सले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटेर कर नीतिमा स्थायित्वको माग गरेका छन्।

राजस्व अनुसन्धान विभागले ५ अर्ब १८ करोड कर छली गरेको आरोपमा अमेरिकी आइटी कम्पनी कोटीभिटीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले अर्थमन्त्री पुनसँग कर नीतिमा स्पष्टता मागेका हुन्। 

कर नीतिको कुरा गरे पनि उनीहरु कोटिभिटीका लागि दबाब दिन अर्थमन्त्रीसम्म पुगेका हुन्। अमेरिकी चेम्बरका प्रतिनिधिहरूले कोटीभिटीविरुद्धको मुद्दाका कारण लगानीको वातावरण बिग्रने चेतावनी समेत दिएका छन्।

अमेरिकी चेम्बर कमर्सले नेपालको आइटी क्षेत्रमा लगानी भित्र्याउन सम्मेलनको तयारी गरिरहँदा कोटीभिटीको कर छली बाहिरिएकाले समस्या परेको बताउन थालेको श्रोतको भनाइ छ  तर अमेरिकी चेम्बरका अध्यक्ष निर्मलकाजी श्रेष्ठले कर नीतिमा क्लियारिटी चाहेको कुरा राखेको बताए।

राजश्व अनुसन्धान विभागले १० अर्ब बिगो दावी गरेको कोटीभिटीको कर छलीमा उच्चपदस्थहरूकै संलग्नता रहेको बताइन्छ। 

जोगिनका लागि उच्चपदस्थहरू मिडिया ट्रायलमा समेत गएका विभागका अधिकारीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.