|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो।

कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशलमः ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए। ​ शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।​

कोलकाताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए।

त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको। कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो।​

कोलकत्ताका लागि श्रेयस ऐयरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै नरिनले २७ तथा आकृष रघुवंशीले २४ रन जोडे। अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहेन।

चेन्नाईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३-३ विकेट लिँए भने मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए।

जित सँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ। कोलकाता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा यथावत् छ।

आईपीएलमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.