|

काठमाडौं : युईएफए च्याम्पियन्स लिग  अन्तरगत क्वाटरफाइनलको‌ पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) लाई स्पेनिस टोली बार्सिलोना पराजित गरेको छ। 

पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भयो।  खेलको ३७औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। फिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाएका थिए।  तर दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोली खेलमा फर्कियो। ४८औं मिनेटमा बार्सिलोनाका पूर्व खेलाडी उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए।

बराबरीको ३ मिनेट पछि फाबियान रुइजको पासमा भिटिन्हाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। तर बार्सिलोना खेलमा फर्कन सफल भयो। ६२औं मिनेटमा राफिन्हाले नै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

७७औं मिनेटमा मैदान भित्रिएको केही मिनेटमा नै आन्द्रेयास क्रिस्टियनसनले इल्काए गुण्डोगानको कर्नरमा हेडरमार्फत गोल गर्दै बार्सिलोनाको जितलाई सुनिश्चित गरे। 

गएराति नै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई २-१ ले हराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.