|
फाइल तस्वीर

काठमाडौँ : एसीसी टी–२० प्रिमियर कपमा नेपालले भोलि मलेशियासँग खेल्दै छ।

भोलि ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ।

तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेशियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कपको शुरु गर्न लागेको छ। 

डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी प्रिमियर कपको उपाधि रक्षा गरे अर्को वर्ष एशिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर प्राप्त हुनेछ।

खेल तालिकाअनुसार नेपालले नयाँ वर्षको दिन शनिवार दिउँसो सवा ४ बजे कतारको सामना गर्नेछ भने वैशाख ३ गते सोमवार हङकङ्सँग खेल्नेछ। हङ्कङसँगको खेल नेपाली समयअनुसार पौने १२ बजे शुरु हुनेछ।

नेपाल र साउदी अरेबियाबीचको खेल वैशाख ५ गते बुधवार दिउँसो पौने १२ बजे शुरु हुनेछ। 

प्रतियोगिताको समूह ए मा नेपाल, मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् भने समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन्। 

प्रतियोगिताअन्तर्गत भोलि नै समूह बी का ओमान र बहराइन तथा यूएई र कुवेतबीच प्रतिष्पर्धा हुँदै छ भने समूह ए तर्फको अर्को खेलमा हङकङ्ले कतारको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.