|

विराटनगर : नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन्।

कार्की नेतृत्वको सरकार ढालेर एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्ने संदेशसहित एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरेका हुन्।

संकल्प प्रस्तावमा २५ वैशाखभित्र कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ। २५ वैशाखभित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन नगर्न प्रदेशका प्रमुख सचिवदेखि मन्त्रालयका सचिवहरुलाई समेत निर्देशन दिनेगरी संकल्प प्रस्ताव दर्ता गराइएको हो।

राजीनामा वा विश्वासको मत परीक्षण नभए प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि अगाडि बढ्न उपयुक्त हुने पनि संकल्प प्रस्तावमा उल्लेख छ। 

संकल्प प्रस्तावमा उल्लेख गरिएको छ 'बहुमत सदस्यको विश्वास गुमाई अल्पमतमा परिसकेको कोशी प्रदेश सरकारका मुख्यमन्त्रीज्यूले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त नगरुन्जेल दीर्घकालीन असर पर्ने प्रकृतिका नीतिगत तथा कार्यक्रमिक निर्णय एवं गैरबजेटरी शीर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन माननीय मुख्यमन्त्रीज्यू तथा मन्त्रिपरिषद, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव र प्रदेश सरकारका मन्त्रालयका सचिवज्यूहरु समेतलाई प्रदेशसभाको यो बैठक निर्देशन जारी गर्दछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.