|

एजेन्सी : राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ।

जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो। राजस्थानको जितमा जोश बटलरले शतकीय पारी खेले। राजस्थानले कोलकता दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो।

 त्यसअघि २०२० मा आफूले नै किंग्स इलाभेन पञ्जाबविरुद्ध बनाएको कीर्तिमान राजस्थानले आज बराबरी गरेको हो।​ राजस्थानको जितमा ओपनर बटलरले यस संस्करणको दोस्रो शतक जड्दै ६० बलमा ९ चौका र ६ छक्का सहित १०७ रन बनाए।  राजस्थानका लागि रियान परागले १४ बलमा ३४ रन बनाउँदा रोभमन पावेलले १३ बलमा २६ रन बनाए । यशस्वी जैसवालले ९ बलमा १९ रन बनाए ।​

कोलकताका लागि हर्षित राना, सुनिल नरिन र वरुणले २–२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले सुनिल नरिनको शतकको मद्दतमा ६ विकेट गुमाएर २२३ रन बनायो। नरिनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे।

राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २–२ विकेट लिए भने ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १(१ विकेट लिए।

जित पछि राजस्थान ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा यथावत छ । कोलकता ६ खेलमा ८ अंक सहित दोस्रो स्थानमा छ।आईपिएलमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.