काठमाडौँ : चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिएको हो।
एक्स्पो आगामी वैशाख १२, १३ र १४ गते भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ। वैशाख १२ गते बिहान साढे बजे विद्युतीय सवारी (इभी) ¥याली गर्दै एक्स्पोको सुरुवात हुने इप्पानले बताएको छ। वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकारमा जानकारी दिए।
उनले सरकारले लगानी सम्मेलन अघि थुप्रै नीतिहरु सुधार गर्ने प्रतिबद्धताअनुसार अध्यादेशबाट कानून पास गर्नुपर्ने बताए। उनले सरकार र निजी क्षेत्रले अब देश बनाउने हो भनेर अघि बढ्नुभन्दा अर्को विकल्प नरहेको जिकिर गरे। उनले आगामी लगानी सम्मेलनमा सरकारले उधारो खालका कुराहरु गर्न नहुने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।